स्थानीय निर्वाचन-२०७९

यस्ता छन् कोरोना संक्रमणका नयाँ ६ लक्षण, नगर्नुस् बेवास्ता

बैशाख १५, २०७७

    काठमाडौं : कोरोना भाइरसको सुरुवाती लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र स्वास फेर्न समस्यालाई मानिँदै आएको थियो। तर यो भाइरससँग जोडिएका अन्य नयाँ लक्षण पनि सार्वजनिक भएका छन्। 

    जसको बारेमा अमेरिकाको हेल्थ इन्स्टिच्युट सीडीसी (सेन्टर्स फर डिजिज एन्ड प्रिर्भेन्स) ले सूचीकृत गरेको हो। सीडीसीका अनुसार कोरोना भाइरस हुँदा तीन प्रमुख लक्षणका अलावा अन्य कयौँ लक्षण देखिने गरेका छन्। जसलाई बेवास्ता नगर्न सीडीसीले चेतावनी दिएको छ। सीडीसीले यस भाइरस लागेपछिका ६ नयाँ लक्षणबारे खुलासा गरेको छ। ती अनुसन्दाताले यी सबै लक्षण २ देखि १४ दिनभित्र देख्‍न सकिन्छ।

    १. सीडीसीका अनुसार कोरोना भाइरस लागेपछि मानिसलाई चिसो लागे जस्तो समस्या देखिनेछ। यो लक्षण अन्य बेला पनि हुने संक्रमण जस्तै छ, जसबाट तपाईंलाई सर्दी लागेको महसुस हुन्छ।

    २. कोरोना पोजेटिभ पभएपछि सर्दीसँगै ठन्ड लाग्ने तथा जोर्नी दुख्‍ने जस्ता लक्षण पनि आउन सक्छन्। चिसोका कारण रोगीको शरीर कक्रिने जस्तो समस्या आउँछ।

    ३. सीडीसीले बताए अनुसार कोरोनाका बिरामीमा मांसपेशीमा एकदमै पीडा हुने गर्छ। यसअघि पनि विज्ञहरुले कोरोनाले सताउँदा यस लक्षणको चर्चा गरिसकेका छन्। 

    ४.  कोरोना संक्रमित व्यक्तिको शरीरको चौथा लक्षण भनेको चर्को टाउको दुखाइ पनि हो। चीन र अमेरिकामा देखिएका कयौँ कोरोना पोजेटिभ मानिसहरुमा टाउको दुख्ने समस्या पनि देखिएको छ।

    ५. सीडीसीले कोरोना संक्रमित व्यक्तिको गलामा दुखाइसँगै खसखसाउने समस्या पनि आउने जनाएको छ। अहिलेसम्म सार्वजनिक कयौँ मामिलामा गलामा पीडा हुने गरेको पाइएको छ। साथै गला सुन्‍निने समस्या पनि कोरोना संक्रमितहरुमा देखिएको छ।

    ६. सीडीसीले आफ्नो रिपोर्टमा कोरोनाका बिरामीको जिब्रोले कुनै पनि वस्तुको स्वाद पहिचान गर्न सक्दैनन्। अहिलेसम्म कयौँ देशमा कोरोनाका बिरामीले खानाको स्वाद थाहा नपाएका घटना सार्वनजिक भइसकेका छन्। उनीहरुले कोरोनाको उपचाका क्रममा जिव्रोले स्वाद थाहा पाउने शक्ति गुमाएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]