स्वास्थ्य

पछिल्लो २४ घण्टामा दुई हजार बढी शंकास्पदको नमुना परीक्षण

बैशाख १५, २०७७

    काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जना कोरोना भाइरस शंकास्पद बिरामीको नमुना परीक्षण भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको  नियमित प्रेश ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको जानकारी दिए। उनले १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको समेत बताए।

    कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा १, वीरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताएको छ।

    यस्तै, हालसम्म प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतीमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भइसकोको बताइएको छ।

    हालसम्म  काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आइसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

     यस्तै, आजबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको समेत मन्त्रालयले जनाएको छ। योसँगै पिसिआर विधिबाट कोरोना परीक्षण मेसिनको संख्या १६ नेपालमा पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]