समाज

तनहुँमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

बैशाख १५, २०७७

    तनहुँ : घिरिङ गाउँपालिका–५ वेलभञ्ज्याङ देउरालीमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। नवलपुरको बौद्धिककालिका गाउँपालिका–२ का २३ वर्षीया सञ्जु पोख्रेलको मृत्यु भएको हो। 

    दुर्घटनामा परी मुखमा गम्भीर चोट लागेकी सञ्जुलाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लगिएकाे र उनकाे उपचार क्रममा निधन भएकाे हाे। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार सोही ठाउँकी ५४ वर्षीया दिलमाया खत्रीको नाक र मुखमा चोट लागी गम्भीर अवस्था रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ।  

    दुर्घटनामा सोही ठाउँका २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिने बालक अनिल खत्री र सहचालक २१ वर्षीय सन्तोष परियार घाइते भएका छन्। शुभलक्ष्मी मेडिकल भिमादमा उनीहरुको उपचार भइरहेको डिएसपी लामिछानेले बताए। 

    बेलभञ्ज्याङ देउरालीस्थित भित्री सडक खण्डअन्तर्गत डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७५०२ नम्बरको बलेरो दुर्घटनामा परेको थियो। बोलेरो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त बलेरोमा चालक सहित ७ जना सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]