समाज

घोराहीमा दैनिक चार घण्टा दैनिक उपभोग्य वस्तुको पसल खुल्ने

बैशाख १६, २०७७

    दाङ : घोराही उपमहानगरपालिकामा मंगलवारदेखी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक उपभोग्य वस्तुहरु बिक्री गर्ने पसल खुल्ने भएका छन्।

    घोराही उपमहानगरपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा दैनिक चार घण्टा पसल खुल्ने उद्योग वाणिज्य संघले जनाएको छ। यसअघि २४सैं घण्टा पसलहरु बन्द गरिएका थिए। त्यस समयमा वाणिज्य संघ उपभोग्य वस्तुहरुको होम डेलिभरी गर्दै आएको थियो। पसल खुल्नेृभएपछि उक्त सेवा हाललाई स्थगित गरिएको संघले जनाएको छ।

    जटिल प्रस्थिती भएमा पुनः होम डेलिभरी सेवा प्रदान गरिने संघले जनाएको छ। संघले गत चैत १८ देखि होम डेलिभरी सेवा प्रदान गर्दै आएको थियो। पसलमा खरिद गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्नुको साथै सुरक्षा सावधानीहरु अपनाई कारोबार गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]