खेलकुद

टि–२० विश्वकप अन्योलमा, धमाधम कर्मचारीको तलब काट्दै अष्ट्रेलिया

बैशाख १७, २०७७

    काठमाडौं : कोरोना भाइरसका कारण अहिले विश्वमा सबैखाले खेलकुद गतिवधी ठप्प छन्। कोरोनाले ठूला प्रतियोगिताहरु पछि सारिरहँदा गत वर्षबाट शुरु भएको टेस्ट च्याम्पियनसीप र आगामी अक्टोबर र नोभेम्बरमा हुने तय भएको पुरुष टी–२० विश्वकपबारे भने अन्योलता कायमै छ। 

    आईसीसीले गत वर्षको अगस्टमा भएको एशेज सीरीजबाट विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात गरेको थियो। जसको फाइनल जुन २०२१ मा लर्डस मैदानमा गर्ने गरी आईसीसीले तयारी गरेको थियो। तर यो बीचमा कोरोनाका कारण टेस्ट च्याम्पियनसिप स्थगित भएपछि तोकिएको समयमा प्रतियोगिता सम्पन्न नहुने भएको छ। जसका कारण आईसीसीमाथी नयाँ कार्यतालिका बनाउने दबाब परेको छ।

    आईसीसीले आधिकारीक रुपमा कुनै धारणा सार्वजानिक नगरेपनि कोरोना महामारीको अन्त्य नभई कुनैपनि प्रतियोगिताबारे तत्काल निर्णय नहुने जनाएको छ। यद्यपी आईसीसीले अहिलेनै कुनै निर्णय नगरेपनि टी–२० विवकप संभावना कमजोर हुँदै गएको छ।

    यस्तै अस्ट्रेलियामा आयोजना हुने तय भएको टी–२० विश्वकपमा कोरोना प्रभावसँगै त्यसपछिको आर्थिक संकट खतराका रुपमा अघि आउने आयोजक अस्ट्रेलियाले जनाएको छ।

    अस्ट्रेलियाले आगामी संकटसँग जुध्न भन्दै आफ्ना सबै स्टाफहरुको ८० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै टी–२० विश्वकपमा आर्थिक संकटकै कारण प्रतियोगिता आयोजनाको संभावना कमजोर हुने आसंका गरिएको हो। अन्तराष्ट्रिय न्युज एजेन्सीकाअनुसार आगामी वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट हुने कमाईमा ५० प्रतिशत कमी आउने संभावना भएकाले अहिलेबाटनै त्यसको तयारी स्वरुप स्टाफको तलब ठुलो मात्रामा कटौती गरिएको हो।

    अस्ट्रेलियन क्रिकेट बोर्डले भने समयमानै विश्वकप आयोजना हुने आशा कायम रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दे भनेको छ ‘आइसोलेसनको समयमा क्रिकेटसँग जोडिएका कुनैपनि गतिविधि हुन सकेको छैन्। जसले गर्दा हामीले २७ अप्रिलसम्मको तलब कटौतीको निर्णय लिएका हौं।’ अस्टे«लिया स्टाफको तलब कटौती गर्ने पहिलो देश समेत बनेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]