राजनीति

रामकुमारी भन्छिन् : औचित्यहीन हस्ताक्षर अभियान पार्टी फुटाउने खेल

जसले माया ज्ञवालीको बेवास्ता गरे, उनैलाई हस्ताक्षरको खाँचो

बैशाख १७, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले अहिले चलाइएको हस्ताक्षर अभियानलाई पार्टी फुटाउने खेल भनेकी छन्। उनले बुधबार थाहाखबरसँग कुरा गर्दै नेकपाका सबै समूहले चलाइरहेको हस्ताक्षर अभियानलाई औचित्यहीन भनेकी छन्।

    उनले अझ सरकारको नेतृत्व गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा चलाएकफ हस्ताक्षर अभियानको कुनै अर्थ नरहेको बताएकी छन्।

    'मैले पनि बालुवाटारमा हस्ताक्षर अभियान चलिरहेको सुनेँ। यो हस्ताक्षर अभियानको नाटकको आवश्यकता नै छैन', उनले भनिन्, 'बहुमतै प्रमाणित गर्न खोजेको हो भने सीधै संसदमा फेस गरे भइगो नि!'

    सांसद झाँक्रीले वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा हस्ताक्षर अभियान पार्टी फुटाउने खेल भएको पनि उल्लेख गरिन्। 'यो हस्ताक्षर अभियानले पार्टी बलियो होइन, विभाजन ल्याउँछ', उनले थपिन्, 'पार्टी फुटाउने खेलमा नेताहरु लागे। यो कुबेलाको बाजा जस्तो काम रोकिनुपर्छ।'

    नेतृ झाँक्रीले दासढुंगा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रित पत्‍नीलाई पनि बालुवाटार लगेर ओलीले आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको कुराप्रति कटाक्ष गरेकी छन्। 

    'जीवराज कमरेडको निधन भएको २५ वर्षसम्म खोजतलास केही नगर्नेलाई अहिले उनकै पत्‍नीको सही चाहिएछ। कमरेड मायाले यसबीचमा भोगेका अनेक हण्डर र दु:खको मतलब नहुनेलाई हस्ताक्षरको खाँचो भयो', उनले भनिन्, 'औचित्यहीन हस्ताक्षर अभियानमा उहाँहरुलाई जवरजस्ती सहभागी गराएर के गर्न खोजेको हो? अच्चम लागेको छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]