स्वास्थ्य

पोखरामा रगत अभाव भएपछि वालिङमा रक्तदान

बैशाख १८, २०७७

    स्याङजा : गण्डकी प्रदेशको क्षेत्रीय रक्त संचार केन्द्रमा रगत अभाव भएपछी स्याङजाको स्याङ्जाको वालिङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वालिङ नगरपालिकाको समन्वय तथा वालिङस्थित रेडक्रस सोसाइटीका उपशाखा एवम्‌ विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा रक्तदान गरिएको हो ।

    लकडाउनको कारण रगत अभाव हुने, तर दैनिक डायलाईसिसको बिरामीलाई नै न्यूनतम ३० युनिट रगत आवश्यक रहेको क्षेत्रीय रक्त संचार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले बताए । केसीले भने, ‘१०० भन्दा बढी युनिट संकलन हुन सक्ने ठाउँमा रक्तदान कार्यक्रममा सहभागी भै रगत संकलन गरेका छौँ।’ 

    बुधबार वालिङ नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको एकदिने रक्तदान शिविरमा १५१ पुरुष र २० महिलाले कूल १७१ यूनिट रगत दिएका छन्‌। कार्यक्रममा रगत दान गर्ने संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उल्लेख्य सहभागीता रहेको थियो । यसअघि पनि वालिङका विभिन्न संघ-संस्थाहरुले रक्तदान शिविर सञ्चालन  गर्ने गरेका थिए। साविकमा भन्दा यसपटक धेरै यूनिट रगत संकलन भएको छ।

    कारोना संक्रमणका कारण निम्तिएको अप्ठ्यारो स्थितिमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान गरिएको रेडक्रस सोसाइटी पेखु बाघखोर शाखाका सभापति विष्णुप्रताप खाँणले बताए। विशेष सुरक्षा सतर्कता र सामाजिक दुरी कायम गर्दै रक्तदान सम्पन्न गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]