स्वास्थ्य

पूर्णखोप घोषणा भएकै जिल्लामा  दादुरा ‘आउटब्रेक’, दुई बालबालिकाको मृत्यु

बैशाख १८, २०७७

    काठमाडौं : सरकारका सबै संयन्त्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणमा होमिएका बेला देशका विभिन्‍न स्थानमा दादुरा ‘आउटब्रेक’ भएको छ।

    गत माघयता तीनवटा प्रदेशका सात जिल्लामा दादुराको 'आउटब्रेक' भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

    विश्‍व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसियाली क्षेत्रमा सन् २०२३ मा निवारण गर्ने निर्णय लिएर खोप अभियान सुरु भइरहेका बेला केही जिल्लामा दादुरा आउटब्रेक भएको हो।

    अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौं, ललितपुर, धादिङ र गोर्खामा गरी १८५ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये दुईजनाको ज्यान गएको छ।

    परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले ६ महिनादेखि ४० वर्षसम्म दादुरा देखिएको बताए। उनले झापाको दमकमा यसअघि २१ जनामा, सर्लाहीमा ६ जना, ललितपुरको खोकनामा १८ जना, धादिङको बेनिघाट र गजुरीमा गरी ११३ जना, काठमाडौँको पेप्सीकोलामा १४ जना, चितवनको राप्ती नगरपालिकामा ८ जना र गोरखाको गण्डकी गाउँपालिकामा ५ जनामा दादुरा देखिएको बताए।

    यीमध्ये धादिङमा दुई बालबालिकाको ज्यान गएको हो। सन् २०१९मा चार सय २० जनाललाई देखिएको थियो। डा. गौतमका अनुसार दादुराको संक्रमण देखिएकामध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन्। बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बन्चित छन्।

    हाल दादुरा देखिएका सातवटै जिल्ला यसअघि सरकारले पूर्णखोप घोषणा गरेका जिल्ला हुन् ।अहिले बढी केस देखिएका धादिङ र गोर्खा चेपाङ बाहुल समुदाय बसोबास भएको बताइएको छ। बाँकी जिल्लाहरुमा पनि खोप नलिएकाहरु नै परेको बताइएको छ।  

    हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण  संयन्त्र  कोरोना नियन्त्रणमा केन्द्रीत रहेको अवस्थामा यसले धेरै जिल्लामा नियमित खोप समेत रोकिएको अवस्था छ।

    यसले गर्दा आगामी बर्षहरुमा यस्ता खालका महामारीहरु थप बढ्ने अनुमान अहिले स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन्। त्यही डरका कारण स्वास्थ्य सेवा विभागले केही दिनअघि सबै स्थानीय निकाय र स्वास्थ्य चौकीहरुलाई खोप कार्यक्रम अवरुद्ध नगर्न र नियमित गर्न पत्राचार महाशाखाले बताएको छ। सरकारले सरकारले गत फागून १ गतेदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]