समाज

आँगनमा काँचो मकै फेला परेपछि नेपालगन्जमा त्रास फैलियो

त्रास फैलाउन मकै फालिएकाे हुन सक्ने प्रहरीकाे आशंका

तस्बिर : घर तथा करेसाबारीमा भेटिएकाे काँचाे मकै उठाउँदै प्रहरी
बैशाख १८, २०७७

    बाँके : रातको समयमा घरको आँगनमा मकै भेटिएपछि नेपालगन्ज उपमहानगरपालिका–१८ मिलिजुली टोलमा त्रास फैलिएको छ।  सबै सुतेपछि अज्ञात व्यक्तिले घरको आँगनमा काँचो मकै फालेर गएको पाइएको स्थानीयले बताएका छन्।

    स्थानीय मनोज डिसीका अनुसार झण्डै ३० घरको आँगन र करेसाबारीमा काँचो मकै फेला परेको छ। उक्त टोलको कुनै पनि घर बाँकी नराखी मकै फालिएको उनले बताए। ‘कसैको घरमा प्वाँख फालेको मकै त कसैकोमा प्वाँख नफालेको मकै फेला परेका छन्,’ उनले भने, ‘डरले प्रहरीलाई खबर गर्‍यौँ।’

    घरघरमा फालिएको मकै जिल्ला प्रहरी कार्यालयको टोलीले उठाएर लगेको छ। स्थानीयलाई त्रास फैलाउने उद्देश्यले मकै फालिएको हुन सक्ने बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। 

    स्थानीयको आँगन र करेसाबारीमा फालिएको मकै परीक्षणका लागि पठाउने तयारी भइरहेको उनले बताए। मकै फालेर त्रास फैलाउनेको खोजी भइरहेको सिंहले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]