समाज

गोड्ने बेलाको मकैमा फौजी किरा प्रकोप, कृषक चिन्तित

बैशाख १८, २०७७

    ओखलढुंगा : अघिल्लो वर्ष खडेरीको मारमा परेका किसान अहिले फौजी किराले मकै सखाप पारेपछि समस्यामा परेका छन्। 

    गत वर्ष जिल्लाका केही स्थानीय तहमा मात्रै देखिएको प्रकोप अहिले जिल्लाका धेरै स्थानीय तहसम्म फैलिएको छ। पछिल्लो समय जिल्लाका मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोसी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरणमा लगाइएको मकैबालीमा फौजी किराले नराम्रो असर गरेको छ। 

    जिल्लाको लिखु र खिजिदेम्बा भने यो प्रकोप हालसम्म देखिएको छैन। गाउँमा किराको प्रकोप नरहे पनि वल्लोपल्लो गाउँमा मकैमा किरा लागेपछि किसानहरु त्रसित भएका छन्। किराले मकै धेरै खाएको चम्पादेवी गाउँपालिका ३ का वडाध्यक्ष बलबहादुर तामाङले जानकारी दिए। 

    गोड्ने बेलाको मकै किराले खाएर नष्ट गरेको भन्दै किसानको गुनासो दिनहुँ आउने गरेको तामाङ बताउँछन्। गोड्ने बेलाको मकैमा अत्यधिक किरा लागेपछि चम्पादेवी गाउँपालिका ४ फेदीगुठकी सुशीला कार्कीले दुख व्यक्त गरिन्। 

    चिसंखुगढी गाउँपालिकामा गाउँपालिकाको कृषि शाखाले यसबारे भने अध्ययन थालेको अध्यक्ष निशान्त शर्माले जानकारी दिए। ओखलढुंगामा गत वर्ष सुनकोसी, सिद्धिचरण, चिशंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकाका केही क्षेत्रमा फौजी किराले हिँउदे मकै सखाप पारेको थियो। मकैमा फौजी किराको प्रकोप देखिए पछि मानेभञ्ज्यांग गाउँपालिकाले नियन्त्रणको तयारी थालेको जनाएको छ।

    कृषि ज्ञान केन्द्र ओखलढुंगामार्फत विषादी झिकाएर प्रकोप नियन्त्रण प्रयास भइरहेको मानेभञ्ज्यांग गाउँपालिकाले जनाएको छ। जिल्लाका अधिकांश स्थानीय तहमा प्रकोप रहेकाले नियन्त्रणका लागि विशेष तयारी थालिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख विष्णुमणि पोखरेलले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]