मनोरञ्जन

बस्यालले ल्याए ‘खुसी फर्काइदेऊ’ (भिडियोसहित)

बैशाख १९, २०७७

    काठमाडौं :  गायक शोभित बस्यालको नयाँ गीत सार्वजनिक भएको छ। कोरोनाको कारण आक्रान्त बनेको बेला बस्यालले सन्देशमुलक गीत ‘खुसी फर्काइदेऊ’ ल्याएका हुन्।

    गीतमा संगीत, स्वर र शब्द बस्यालकै रहेको छ।  उनलाई गायनमा प्राप्ति तुलाचनले साथ दिएकी छन्। गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई  सुरज श्रेष्ठले खिचेका हुन्।

    लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेका बस्यालले ९ वर्षपछि नयाँ गीत ल्याएको बताए। 'अब भने सांगीतिक क्षेत्रमा निरन्तरता दिने तयारी छ', उनले भने।पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आबद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिन्छ। 

    यसअघि बस्यालको  'मनकामना', 'तिमीबिना', 'कुन दूरी', 'जानिनौं', 'आउछेउ कि', 'तिम्रो माया', 'मायालु', 'जति टाढा', 'छुटिने बेला' तथा पोखराबारे वर्णन गर्दै 'मेरो पोखरा' बोलको गीत बजारमा आएको छ।

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]