समाज : सुरक्षा/अपराध

मकवानपुर उद्योग वाणिज्य संघकै पदाधिकारीले तौल घटाएर सामान बेचेको भेटियो

बैशाख १८, २०७७

    मकवानपुर : उद्योग वाणिज्य संघ मकवानपुरकै पदाधिकारीले तौल घटाएर चामल बेचेको भेटिएको छ। 

    संयुक्त बजार अनुगमन टोलीले मकवानपुर हेटौंडास्थित बजारक्षेत्रका खाद्यान्न पसलमा गरेको अनुगमनका क्रममा संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीकै खाद्यान्न स्टोरमा लेखिएभन्दा कम तौल भएको चामलको बोरा पाइएको छ।

    मणि खाद्यान्न भण्डारमा जगत ब्राण्डको चालमको बोरा तोकिएको भन्दा कम तौल भएको र चनाको दालको उपभोग गर्ने म्याद सकिएको पाइएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिए।

    कोइरालाका अनुसार मणि खाद्यान्न भण्डारमा केहि चामलको बोरामा तौल पूरा नभएको पाइएको हो। प्रतिबोरामा २०० ग्रामदेखि आधा किलोग्रामसम्म कम तौल रहेको भेटिएको छ। अनुगमन टोलीले सामग्री भएको गोदाम सिल गरिदिएको छ।

    यस्तै, संयुक्त अनुगमन टोलीले घरसंसारबाट खाद्य वस्तुको जानकारी उल्लेख गरिने लेवल नभएको पाइएको जनाएको छ। लेवल नभएको चामल, दाल र पिठोको नमूना संकलन गरिएको कोइरालाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]