स्वास्थ्य

कलैया अस्पताललाई कोरोना अस्पताल बनाउनु हुँदैन : कांग्रेस

बैशाख १८, २०७७

    बारा : जिल्ला सदरमुकामा रहेको जिल्ला अस्पताल कलैयालाई कोरोना अस्पताल बनाउने प्रदेश २ सरकारको निर्णयप्रति नेपाली कांग्रेस बाराले विरोध जनाएको छ। 
    उक्त अस्पताल बस्ती बीचमा पर्ने भएकाले यो निर्णय स्वीकार्य नहुने कांग्रेस बाराले विज्ञप्तिमार्फत बताएको छ। 

    जिल्ला सभापति जयचन्द्र चौरसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ - कलैया अस्पतालमा जिल्लाको विभिन्न ठाउँबाट गरिब असहाय अतिविपन्नहरुको उपचार लगायत खोप सेवा, प्रसुति सेवा सञ्चालनमा बाधा अवरोध पुग्छ। कोरोना भाइरसको जोखिम बढने भएकोले कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण नगर्न प्रदेश सरकारसंग जोडदार माग गर्दछौं।’ 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]