समाज

समाचार संकलनमा गएका पत्रकार प्रहरी नियन्त्रणमा

वडाध्यक्षले हातपात गरेकाे आराेप

बैशाख १८, २०७७

    डाेटी : राहत वितरणको समाचार संकलनका लागि केआइसिंह गाउँपालिका ४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार संकलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको भन्दै प्रेस संगठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ।

    स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफूले फोटो खिच्ने क्रममा वडाध्यक्षले एक्कासि हातपात गरेको पत्रकार कार्कीले बताए। फोटो खिच्ने क्रममा वडाध्यक्षले मोबाइल खोस्न थालेपछि मोबाइल नदिँदा आफूमाथि हातपात गर्नुका साथै प्रहरीले बिनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले बताए।  

    प्रेस संगठन जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले बिनाकारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहा गर्न माग गरिएको छ।

    समाचार संकलन गर्न गएका पत्रकार कार्कीमाथि वडाध्यक्षले कुटपिट गरेको भन्ने आरोप लगाइएको छ। प्रहरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]