स्थानीय निर्वाचन-२०७९

जानकीको एकै वडाका ४० जनामा कोरोना पुष्टि

जेठ २२, २०७७

    बाँके : कोरोनाको संक्रमण नदेखिएको जानकी गाउँपालिकामा एकैदिन ४० जनामा कोरोना पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा जानकी गाउँपालिकामा ४० र नेपालगन्ज उपमहानगरपालिकामा दुई गरि बाँकेका ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो।

    भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरुको आरटी पिसिआर विधिबाट कोरोना जाँच गर्दा जानकी गाउँपालिकाका ४० र नेपालगन्जका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। 

    सबै संक्रमित जानकी गाउँपालिका वडा नं. १ को साईगाउँ, बढैया, शिवपुरी क्वारेन्टाइनमा बसेकाहरु भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। एक सय १३ जनाको स्वाब संकलन गरि जाँच गर्दा ४० जनामा कोरोना देखिएको उनले बताए। 

    जिल्लाको नरैनापुरमा सवैभन्दा धेरै एक सय १८ जनामा कोरोना देखिएको छ। त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिकामा ३३, राप्ती सोनारीमा २६, डुडुवामा २५, बैैजनाथमा आठ र खजुरामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    पछिल्लो पटक जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा फेला परेका संक्रमित सहित बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। 

    अहिलेसम्म कोहलपुर नगरपालिका मात्र अछुतो रहेको छ। त्यहाँ अहिलेसम्म पिसिआर प्रविधिबाट एक सय १५ जनाको कोरोना जाँच भए पनि सवैको रिपोर्ट नेगेटिभ आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]