स्थानीय निर्वाचन-२०७९

आरडिटी गरेर घर पठाइयो, स्वाब लिएको १२ दिनपछि कोरोना देखियो

क्‍वारेन्टाइनमा २२ दिन बसे, फेरि आइसोलेसनमा आउनुपर्‍यो

जेठ २२, २०७७

    अर्घाखाँची : पिसिआर रिपोर्ट आउन ढिला भएपछि अर्घाखाँचीको ज्योति मावि ठाडामा क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परीक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान घर पठाइयो।

    १२ दिन अगाडि उनीहरूको पिसिआर परीक्षणका लागि  स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा पठाइएको थियो। तर डेढ सातापछि उनीहरुमध्ये एकजनाको पिसिआर रिपोर्ट आयो, त्यो पनि पोजेटिभ।

    घर पठाइएका शीतगंगाका ३६ वर्षीय पुरूषको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सबै झसंग भए । संक्रमित पुरूषसँगै अन्य ६ जना पनि घर गएका थिए। कोरोना संक्रमित गाउँ पस्दा टोलबासी झस्किनु स्वाभाविक हो। 

    तर स्वास्थ्यकर्मीले घरमै एकान्तमा बस्‍न र परिवारसँग १५ दिनसम्म घुलमिल नगर्न भनेका थिए। त्यहीकारण संक्रमित उनी घरपरिवारबाट टाढा बसेका थिए। उनलाई प्रहरी र स्वास्थ्यकर्मीको टोली घरमै पुगेर सन्धिखर्कस्थित हटारीमा रहेको आइसोलेशनमा ल्याइँदै छ।  अन्य ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

    संक्रमित पुरूषको बुधबार आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । संक्रमितसंगै शीतगंगा ४ का २ जना, शीतगंगा ५ का १ जना , शीतगंगा ६ का १ जना, शीतगंगा ३ का १ जना र मालारानी ३ का १ जनासहित ६ जना घर गएका थिए।  

    संक्रमित घर गए पनि घुलमिल नगरेको पाइएकाले गाउँ सिल गर्नुपर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। संक्रमितलाई सन्धिखर्क आइसोलेशनमा आएपछि सोधपुछ गरेर निष्कर्ष निकालिने प्रजिअ पौडेलले बताए। 

    पिसिआर रिपोर्ट नआउँदै क्‍वारेन्टाइनमा बसेकालाई किन घरमा पठाइयो भन्‍ने प्रश्‍नमा जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले यो गलत काम भएको प्रतिक्रिया दिएका छन्। 

    जेठ १ गते उनीहरू भारतबाट हिँडेर शितगंगा आएका थिए । क्‍वारेन्टाइनमा बसेको २२ दिनपछि मात्र पिसिआर रिपोर्ट आएको हो। प्रदेश ५ मा ३ वटा पिसिआर प्रयोगशाला भए पनि सक्रमितको चाप बढ्न थालेपछि रिपोर्ट ढिला आउन थालेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]