स्थानीय निर्वाचन-२०७९

अबदेखि क्‍वारेन्टाइनका सबैको पिसिआर परीक्षण नगरिने

डेढ लाख आरडिटी किट फेरि ल्याइँदै

जेठ २३, २०७७

    काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा सरकारले क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको पिसिआर विधिबाट कोरोना जाँच नगर्ने भएको छ। भारत तथा तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट नगरिने भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस शंकास्पद व्यक्तिको परीक्षण गर्न बनाइएको नयाँ निर्देशिका अनुसार लक्षण देखिएकाहरुको मात्रै पिसिआर विधिबाट परीक्षण गरिने योजना बनाएको छ। मन्त्रालयले अन्य नदेखिएकाहरुको भने पिसिआर परिक्षण नगर्ने जनाएको छ।

    मन्त्रालयले देशभर भाइरस संक्रमित र क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या अप्रत्याससितरुपमा बढेपछि परीक्षणको लागि नयाँ निर्देशिका बनाएको हो। 

    नयाँ निर्देशिका अनुसार अबदेखि पिसिआर परीक्षणको लागि आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतमा दिइने भएको छ।

    क्‍वारेन्टाइनमा बसेकाका सबैको पिसिआर परीक्षण नगरिने रणनीति बनाइएको हो। क्‍वारेन्टाइनमा बसेकाहरुको आरडिटी विधिबाट परीक्षण गरेर सरकारले घर पठाइरहेको छ। तर यो निर्णय नै प्रत्युत्पादक भइरहेको छ। 

    आरडिटी गरेर घर पठाइएकाहरुमा पिसिआर विधिबाट गरिएको परीक्षणमा धमाधम कोरोन पुष्टि भइरहेको छ। तर सरकारले भने क्‍वारेन्टाइनका सबैको पिसिआर विधिबाट परीक्षण नगरी एन्टीबडी मात्रै जाँच गर्न सकिने आरडिटीलाई जोडि दिइरहेको छ। 

    क्‍वारेन्टाइनमा बसेकाहरुको १४ दिनपछि आरडिटी विधिबाट परीक्षण गरिने निर्देशिकामा उल्लेख छ। जसका लागि सरकारले फेरि डेढ लाख आरडिटी किट खरिद प्रक्रिया अघि बढाइसकेको छ।

    संक्रमण भए नभएको पत्ता लगाउन आरटी पिसिआर माध्यमबाट परीक्षण गरिने उल्लेखछ। समुदायमा 'मास स्क्रिनिङ' गर्न भने र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने स्वास्थ्य मन्त्रालयको रणनीति छ। अहिले डेढ लाखभन्दा बढी मानिस क्‍वारेन्टाइनमा बसिरहेका छन्।

    नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण उपकरण पनि अभाव भइरहेको छ। जसको कारण पिसिआर परीक्षणमा समस्या हुँदै आएको छ। पिसिआरका लागि संकलित नमूना पिन पर्याप्त ल्याब अभावमा कयौँ दिनदेखि थन्किएर बसेका छन्।

    निर्देशिका हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]