खेलकुद

इंग्लिस प्रिमियर लिग ९५ दिनपछि मैदानमा फर्कन तयार

बेन्चमा सब्सटिच्युट खेलाडीको संख्या ९ पुर्‍याइने

जेठ २३, २०७७

    काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल) को बाँकी सिजन सुरु गर्ने तयारी गरिएको छ। १३ मार्चबाट कोरोना भाइरसका कारण रोकिएको लिग ९५ दिनपछि १७ जुनबाट रोकिएको सिजन सुरु गर्ने तयारी गरिएको हो।

    रोकिएको खेला सुरु हुने भएसँगै फिफाको सहमतीमा केहि नियमहरु परिर्वतन हुने छन्। प्रिमियर लिगमा अब हरेक खेलमा तीन खेलाडीको ठाउँमा पाँच खेलाडी सब्सटिच्युट गरिने छ। 

    त्यस्तै बक्समा पनि ७ बाट ९ खेलाडीलाई सब्सटिच्युटका लागि राखिने छ। बिहिबार भएको सबै पक्षको बैठकमा यो निर्णय लिएको हो।

    इइपिएलले एक विज्ञप्ती जारी गर्दे २०१९–२० मा बाँकी रहेको सीजनमा हरेक खेलमा पाँच खेलाडी परिर्वतन गर्न सकिने र यो पहिलाको नियममा परिर्वतन भएको जनाएको छ। 

    गत महिना फुटबलको नियम बनाउने इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (आईएफएफबी)ले फिफाले राखेको अस्थायी संशोधन प्रस्तावलाई स्वीकार गरेको थियो।

    इपीएलमा पाँच हजार बढी कोरोना टेस्ट

    प्रिमियर लिग सुरु हुनु अघि अहिलेसम्म २० क्लबले बाँकी सिजनका लागि सब्सटिच्युट खेलाडीको संख्या मात्र बढाएको छैन तयारीका क्रममा उनीहरुले क्लबसँग सम्बन्धित अधिकांशको कोरोना टेस्ट पनि जारी राखेका छन्। 

    लिगका दौरान कोरोना संक्रमणको जोखिम नहोस भन्नका लागि अहिलेसम्म ५०७९ टेस्ट गरिएको छ। जसमा ३ रिपोर्ट पोजेटिभ आएका छन्। तयारीका लागि क्लबहरुले सानो सानो समुह बनँएर २७ मे बाटै ट्रेनिङ सुरु गरिसकेका छन्।

    ३१ डिसेम्बरसम्म नयाँ नियम

    फिफाले गत महिना कोरोना भाइरसका कारण फुटबल नियमहरुमा संसोधन गर्नुपर्ने आवश्यक्ता महसुस गर्दे नियमहरु संशोधनको प्रस्ताव आईएएफबीसमक्ष गरेको थियो। 

    खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको थियो । तर यो निर्णय ३१ डिसेम्बर सम्मका लागि मात्रै भएको फिफाले स्पष्ट पारेको छ।

    यस्तो परिर्वतन

    टिममा एक खेलमा अधिकतम् पाँच खेलाडी परिवर्तन हुन सक्छन्। समय बर्बाद नहोस भनेर सब्सटिच्युट हाफ टाइममा हुने छ। खेलका दौरान केवल ३ खेलाडीमात्र सब्सटिच्युट गर्न पाइने छ।

    यदि कुनै टिमले हाफ टाइममा यो मौका सदुपयोग नगरे अक्तिरिक्त समयमा यसको फाइदा उठाउन सक्ने छ।

    लिभरपुल उपाधिनजिक

    कोरोना भाइरसका कारण प्रिमियर लिग १३ मार्चमा रोकिनु अघि लिभरपुल उपाधि नजिक पुगेको छ। 

    लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएर शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेर दास्रो  रहेको म्यान्चेस्टर सिटीको केवल ५७ अंक छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीले ५३ अंक छ। चौथो स्थानमा चेल्सी र पाँचौ स्थानमा म्यानचेस्टर युनाइटेड रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]