स्थानीय निर्वाचन-२०७९

कोरोना बीमा नगर्ने निर्णय २४ घण्टामै उल्टियो

जेठ २३, २०७७

    काठमाडौं : स्थगित गरेको २४ घण्टा नबित्दै कोरोना बीमा सुचारु भएको छ। बीमा समितिले बिहीबार कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो। तर आफ्नै निर्णय उल्टाउँदै समितिले शुक्रबार कोरोना बीमा यथावत राख्‍न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको हो।

    बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले शुक्रबार पनि विज्ञप्ति निकालेर साविककै बीमालेख लागू हुनेगरी सुचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।

    समितिले अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मका लागि जोखिम बहन गर्नेगरी बिक्री गराउन निर्देशन दिएको छ। वैशाख ७ गतेदेखि कोरोना बीमा सुरु भएको थियो। यसमा १ लाख र ५० हजार गरी दुई विकल्पमा बीमा गर्न सकिन्छ।

    एक हजार रुपैयाँ बुझाउनेले एक लाख रुपैयाँ र ५ सय रुपैयाँ बुझाउने व्यक्तिले ५० हजार रुपैयाँको कोरोना बीमा गर्न पाउँछन्। यो रकम बुझाएर बीमा गरेको १५ दिनपछि चैत मसान्तसम्म पिसिआर परीक्षणमार्फत कोरोना पुष्टि भए बिमितले बीमा रकम पाउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]