समाज

१६८ नेपाली नागरिक लिएर आयो एयर अरेबियाको जहाज

यसअघि म्यानमारबाट आएका थिए नेपाली

जेठ २३, २०७७

    काठमाडौं : कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि रोकिएका १६८ जना नेपाली नागरिक यूएईबाट काठमाडौं आइपुगेका छन्। यूएईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

    सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।

    उनका अनुसार  २० जना नेपाली नागरिक बाहिर निस्किसकेका छन्। 'कति संख्यामा आएको अहिले यकिन गरेर भन्‍न सकिन्‍न', उनले भने, 'मलाई जानकारी अनुसार १ सय ६८ नेपाली नागरिक छन्। अहिले नै यति हो भन्‍न सकिने अवस्थामा छैन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]