राजनीति

'रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, एमसिसीलाई खारेज गरौँ'

भोकमरीमा परेका जनता सिंहदबार, बालुवाटारमा सुत्‍न आउनेछन्

जेठ २४, २०७७

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले जिम्मेवारीबोध नगर्दा जनता सिंहदरबारमै सुत्‍न आउने अवस्थामा पुगेको बताएका छन्।

    शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 'सरकारको गैरजिम्मेवारपनले जनता भोकभोकै छ। भोकमरीमा परेका जनता सिंहदरबार, बालुवाटार र शीतल निवासमा सुत्न आउनेछन्', उनले भने, 'सरकार पुँजीपतिहरुलाई पोस्दैछ, तर गरिबहरु मरिरहेका छन्।'

    सांसद सुवालले सिंहदरबारले नै टिपर उद्योग चलाएको आरोप लगाए। 'रात परेपछि सयौँ टिपरको लाइन भक्तपुरमा देखिन्छ', उनले भने, 'यो पुरातात्विक महत्वको सहर काठमाडौंलाई निर्माणका नाममा ध्वस्त पारिँदैछ। भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गरियोस्।'

    नेता सुवालले अब स्कुल स्कुलमा समाजवाद पढाउनुपर्नेमा जोड दिए। सरकार पुँजीवादको भासमा परेको बताउँदै अब जनतालाई समाजवाद पढाउनुपर्ने बताएका हुन्। 
    'अब स्कुलमा समाजाद पढाऊँ। अमेरिकाले दिने भनेको एमसिसी खारेज गरौँ', उनले भने, 'एमसिसी नेपालको हितमा छैन, यसलाई कार्यान्वयन गर्नु हुँदैन।'

    नेता सुवालले भारतीय योगगुरु रामदेवले चलाउँदै आएको योगलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। 'रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, विज्ञान र डाक्टरहरुले पनि प्रमाणित नगरेको रामदेवको योगको कुनै अर्थ छैन', उनले भने, 'अबरु फिजियोथेरापीसहितका शारीरिकरुपमा फाइदा हुने कुरालाई अगाडि बढाऊँ।'
    फिजियोथेरापीलाई जोड दिऊँ

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]