राजनीति

'महामारीकाे बेला, प्रधानमन्त्री जलयान र वायुयान चलाउन व्यस्त हुनुहुन्छ’

फाइल फाेटाे
जेठ २४, २०७७

    काठमाडाैं : सांसद प्रदीप गिरिले सरकारको नेतृत्व गरेकाहरूलाई कोरोनाले पनि ज्ञान नदिएको आरोप लगाएका छन्। संसद बैठकमा बोल्दै उनले कोरोना संकटका बाबजुद पनि संकटलाई अवसरमा बदल्ने अवसरबाट यो सरकार चुकेको बताएका हुन्। त्यस्तै, उनले प्रधानमन्त्री केपी ओली वायुयान र जलयान चलाउन व्यस्त रहेको पनि बताए। 

    ‘बजेटमा तथ्यांक र मिथ्यांकको बारेमा टिप्पणी गर्न चाहन्न। तपाईंहामी सारा कम्युनिष्ट, कांग्रेस, राजपा, फोरम नाम भएका पार्टी एक भएर लडेको हो,’ उनले भने, ‘संसदीय लोकतन्त्रले पनि नल्याएको अनुभूति, गणतन्त्रले पनि नल्याएको अनुभव ज्ञान कोरोनाले ल्याउँछ कि भन्ने क्षिण आशा थियो। ठूलो संकट हो संकट अवसर पनि  ल्याउँछ भनेर म जस्ता मान्छेले आशा गरेका थिए। आएको नयाँ अबसर यस संकटलाई अवसरमा बदल्न सकिन्छ भन्ने बजेटले अनुभूति दिएको छैन।’ 
    उनले कृषि मन्त्री घनश्याम भुसालको भूमिकामा पनि प्रश्न उठाएका छन्। 

    ‘उहाँको भूमिका पनि कृषि र पशुपति मन्त्रालयमा पनि पढेँ। आदरणीय कम्रेड अभिमन्यु चक्रव्युहमा परेझैँ पर्नुभएको छ। तपाईं पूरै अप्ठ्यारोमा पर्नुभएको छ। यसमा तपाईंका अध्यक्ष मात्रै जिम्बेवार छैन।’ उनले भने, ‘कोरोनाले ल्याएको बेरोजगारी फर्काउन कृषिलाई महत्व दिनुपर्ने थियो। कनिका छरेजस्तो पैसा छरिएको छ। प्रधानमन्त्री जलयान र वायुयान चलाउन व्यस्त हुनुहुन्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]