स्थानीय निर्वाचन-२०७९

दैलेखमा कोरोना समुदायमा फैलिने खतरा, ८७ संक्रमित गाउँमै

क्‍वारेन्टाइनमा कोचाकोच, रिर्पोट नआई घर पठाइँदै

जेठ २४, २०७७

    दैलेख : जिल्लामा शुक्रवारसम्म भारतबाट भित्रिएका नागरिकमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। तर उनीहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोरोना समुदायस्तरमा फैलिन सक्ने खतरा बढ्दै गएको छ। 

    भारत बाट आएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गरी रिर्पोट आए मात्र घर पठाउँनु पर्ने थियो। तर जिल्ला बिपद व्यावस्थापन समितिको निर्णयानुसार स्थानीय सरकारले धमाधम संक्रमितलाई घर पठाउने गरेको छ। यसले कोरोना समुदायस्तरमा जाने खतरा बढ्दै गएको हो।

    दैलेखमा भारत लगायत अन्य मुलुकबाट बिहीवारसम्म १३ हजारभन्दा बढी नागरिक भित्रिएका छन्।  उनीहरु सबैको परीक्षण नगरिनाले दैलेख कोरोनाको इपि–सेन्टर बन्‍ने स्थिति देखिएको हो।

    ११ वटा स्थानीय तह रहेको दैलेखमा भारतबाट भित्रिएका नागरिकको नराम्रो व्यावहारले पनि दैलेखमा कोरोना झनै तीव्र गतिमा फैलँदै जाने चिन्ता व्यक्त गर्दै आएका छन्। बिहीवारसम्मको विवरण अनुसार दैलेखमा मात्रै कोरोनाका दुई सय १८ जना संक्रमित फेला परेका छन्। 

    कोरोना सार्ने माध्याम क्‍वारेन्टाइन  
     
    जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्‍वारेन्टाइन नै कोरोना सार्ने माध्याम बनेका छन्। नारायण नगरपालिकाले नारायण क्याम्पस रामपुरमा निर्माण गरेको क्वारेन्टाइनका एकै कोठामा २० देखि २५ जना कोचेर राखिएको छ। जसले एकजनाबाट अरुमा कोरोना सर्ने उच्च जोखिम छ।

    सामान्यतः क्वारेन्टाइनमा दुरी कायम गरि राख्नु पर्ने हुन्छ। त्यसो नगरिनाले कर्णालीको दैलेखमा कोरोनाले महामरीको रुप लिन सक्ने स्वास्थ्यका जानकार बताउँछन। ठाटीकाँध गाउँपालिकाले भारतबाट आएकाहरुको संख्या बढेको भन्दै पोलि हाउसलाई क्‍वारेन्टाइन बनाउँदै मान्छे राख्दै आएको छ।

    रिर्पोट नआउँदै घर 

    दैलेखका विभिन्‍न क्‍वारेन्टाइनमा राखिएकाको पिसिआर रिर्पोट नआउँदै घर पठाइएकाले समुदाय नै कोरोनाको उच्च जोखिममा छ। बिहीवार कोरोना पोजेटिभ देखिएका नारायण नगरपालिकाका १०५ जनामध्ये ८७ जना गाउँमै रहेकाले उनीहरुबाट समुदायमा कोरोना फैलिन सक्ने जोखिम छ।

    तर जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले माथिको निर्देशनअनुसार लक्षण नदेखिएका बिरामीलाई घरमै राख्ने नीति लिएको बताएका छन्। उनले समस्या देखिएमा उपचार गर्ने सकिने जानकारी दिए। 

उदयराज अधिकारी

अधिकारी थाहा खबरका दैलेख समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]