स्थानीय निर्वाचन-२०७९

कर्णालीमा कोरोना नियन्त्रणबाहिर जाँदै, संक्रमितको संख्या ५ सय ८७ पुग्याे

एकैदिन थपिए ९८ संक्रमित

जेठ २४, २०७७

    दैलेख : देशमा सबैभन्दा पछि कोरोना संक्रमण भेटिएको कर्णालीमा संक्रमितकाे संख्या ह्वात्तै बढेको छ। पछिल्लो केही दिनयता कर्णालीमा संक्रमितको संख्या उकालो लागिरहेको छ। अन्य प्रदेशका काेराेना बिरामी उल्लेख्य बढिरहँदा यहाँ भने सीमित संख्यामा मात्र संक्रमित भेटिने गरेका थिए। तर अहिले त्याे अवस्था छैन।

    दैलेख र सल्यानमा फाट्टफुट्ट भेटिएका संक्रमित अहिले विस्तारै प्रदेशका सबै जिल्लामा पुग्दैछन्। शनिबार मात्रै प्रदेशमा कोरोनाका ९८ जना बिरामी थपिएका छन्। योसँगै प्रदेशभर संक्रमितको संख्या ५ सय ८९ पुगेको छ। 

    शनिबार थपिएकामध्ये दैलेखका धेरै छन्। दैलेखमा आज मात्रै ४६ जनामा कोरोना पोजेटिभ भेटिएको छ। उनीहरु महाबु गाउँपालिकाका र दुल्लुका रहेका छन्। त्यस्तै सल्यानमा ३८ जना थप संक्रमित शनिबार भेटिएका छन्। उनीहरु वनगाड कुपिण्डे नगरपालिकाका रहेका छन्। 

    त्यसैगरी सुर्खेतका ९ जनामा पनि कोरोना संक्रमण भेटिएको छ। उनीहरु वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरीका छन्। त्यस्तै जाजरकोटका ४ डोल्पाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु सबैको प्रदेश अस्पताला सुर्खेत पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएको थियो। 

    दैलेखमा मात्र ३ सय ५२ 

    प्रदेशका १० जिल्लामध्ये दैलेखमा सबैभन्दा कोरोनाका बिरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय दैलेखका दिएको जानकारीअनुसार महाबु गाउँपालिका दुल्लु नगरपालिकामा शनिबार थपिएका ४६ संक्रमितसहित जिल्लामा कोरोनाका ३ सय ५२ जना बिरामी पुगेका छन्।  

    शनिबारसम्म दैलेख नारायण नगरपालिकामा ६ जना महिला  १ सय ८८ पुरुषसहित १ सय ९४ कोरोनाका बिरामी भेटिइसकेका छन्। दुल्लुमा २ महिला ३४ पुरुषसहित ३६ जना संक्रमित पुगेका छन्। चामुण्डा बिन्द्रासैनि नगरपालिकामा १ पुरुष छन्। 

    आठबिस नगरपालिकानमा १ जना पुरुष महाबु गाउँपालिकामा १२ जना महिला ९६ पुरुष सहित १ सय ८ जना संक्रमित रहेका छन्। नौमुले गाउँपालिकामा ७ जना पुरुष डुंगेश्वर गाउँपालिकामा १ जना महिला २ जना पुरुष र गुराँस गाउँपालिकामा २ जना पुरुष गरी दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। ११ वटा स्थानी यतह रहेको दैलेखमा आठ ओटा स्थानीय तहमा कोरोना फैलिएको छ। 

उदयराज अधिकारी

अधिकारी थाहा खबरका दैलेख समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]