राजनीति

सरकारी स्कुलमा क्वारेन्टाइन बनाएर निजी मात्र सञ्चालन गर्न मिल्दैन : बालकृष्ण खाँण

फाइल फाेटाे
जेठ २५, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँणले  सामुदायिक सरकारी विद्यालयमा क्वारेन्टाइन बनाएर निजी विद्यालय मात्र  सञ्चालन गर्न नहुने बताएका छन्। संसद बैठकमा बोल्दै खाँणले यस्तो बताएका हु्न। खाणले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अब विद्यालय चल्छन्, भर्ना लिन्छु भन्दै हिँड्नु गैरजिम्मेवारी भएको बताए ।

    ‘शिक्षामन्त्रीका आफ्नै गुनासा छन्, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा आफ्ना कुरा नपरेको भन्दै शिक्षामन्त्रीले गीत गाउँदै हिँड्नुभएको छ। अर्कोतिर शिक्षामन्त्रीले अब विद्यालय चल्छन् भन्दै हिँड्नुहुन्छ, परीक्षा चल्छ भन्नुहुन्छ,’ उनले भने, ‘देशभरका समुदाय र सरकारी विद्यालयमा क्वारेन्टाइन राख्ने, निजी विद्यालय शुल्क चल्न दिने? विल्कुलै अनुचित हुन्छ।’ उनले चलाउने हो भनेर सरकारी र निजी दुवै विद्यालय चलाउनुपर्ने बताए।

    उनले भने, ‘निजी चलाउने हो भने सरकारी र विश्वविद्यालय सबै चलाउनुपर्छ। निजी विद्यालय फी लिनका लागि। शिक्षामन्त्रीले भर्ना लिन्छु भन्ने, सरकारले गुमराह गरेको हो, यसको घोर विरोध गर्छु।’ उनले सरकारले अहिलेको अवस्थालाई आँकलन गरेर बजेट ल्याउन नसकेको पनि आरोप लगाए।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]