स्थानीय निर्वाचन-२०७९

वडाध्यक्ष र आठ वर्षीय बालिकासहित ९ जनाले बुटवलमा जिते कोरोना

जेठ २५, २०७७

    बुटवल : बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका नौ जनालाई घर पठाइएको छ। बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार बिदाई गरिएको हो। 

    आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ जना र एक जना रुपन्देहीका छन्। उनीहरुको संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित आइसोलेसन सेन्टरमा भर्ना हुन आएका थिए। त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन्। 

    डिस्चार्ज हुनेमा कपिवलस्तुका एक वडाध्यक्ष र आठ वर्षीया बालिकासमेत छन्। उनीहरु भने भारत आएका होइनन्। ती नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गरेका छन्।

    प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गए पनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमबारे जानकारी गराउँदै नियमित ज्वरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायत सामग्री प्रदान गरेका थिए। 

    उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वेरो देखिए पनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेसनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन्। दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए। 

    अब आइसोलेसनमा ३२ जना रहेका छन्। उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएको फेरि केही समयपछि परीक्षण गरिने छ। सम्भवत आइतबार बेलुका नै वा सोमबार स्वाब संकलन गरेर पठाउने गरी तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए। 

    ‘सात्विक भोजन र मनोबल उच्च भएपछि कोरोना जितियो’

    सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको कपिलवस्तु बाणगंगा–५ का वडाध्यक्ष भीष्मराज भुसालले बताए। उनले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए। उनलाई संक्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफैं स्कुटी चलाएर बुटवल आएका थिए। 

    ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो, तर यहाँ आएपछि यहाँको वातावरणले सबै तनाव मुक्त बनायो’, वडाध्यक्ष भुसालले भने, ‘मनोबल उच्च राख्ने र सन्तुलित आहारविहार गर्ने हो भने कोरोना जितिँदोरहेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]