स्थानीय निर्वाचन-२०७९

भारतमा मृत्यु भएका दाङका एकजनामा कोरोना पुष्टि

जेठ २६, २०७७

    दाङ : घोराही उपमहानगरपालिका–१८ घर भई भारतको नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    दम र सुगर रोगबाट लामो समयदेखि पीडित भनिएका ५९ वर्षीय एक व्यक्तिमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ मा दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। 

    अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएसँगै नेपाली सेनाले शव व्यवस्थापनका लागि तयारी गरेको छ। मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]