समाज

नुहाउँदा नदीमा बेपत्ता भएका क्वारेन्टाइनामा बसेका युवाको शव फेला

जेठ २६, २०७७

    म्याग्दी : नुहाउने क्रममा म्याग्दी नदीमा बेपत्ता भएका युवाको शव छ दिनपछिफेला परेको छ । मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेस्थित क्वारेन्टाइनमा बसेका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा जेठ २० गते बेपत्ता भएका थिए । 

    थापाको शव आइतबार दरवाङ्कै बाङ्गेपहिरो स्थत म्याग्दी नदी किनारमा फेला परेको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए। स्थानीयले धारामा नुहाउन नदिएपछि म्याग्दी नदीमा नुहाउन गएका थापा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनको पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि दरवाङ सारिएको थियो। 

    सशस्त्र प्रहरीको गोटाखोरको टोलीले फेला पार्न सकेको थिएन। थापा छ महिनाअघि रोजगारीको खोजीमा भारत गएका थिए। कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका उनलाई उद्धार गरेर बेनी ल्याइएको हो। 

    क्वारेन्टाइन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन। आफन्तहरुले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाहीका कारण उनको ज्यान गएको बताएका छन्। 

    प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहितका सुरक्षा अधिकारीहरुले छ्यारछ्यारेको क्वारेन्टाइनलाई जेठ २० मा नै दरवाङको उपल्लो बजारमा रहेका जनप्रिय माविको भवनमा सारेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]