स्थानीय निर्वाचन-२०७९

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

जेठ २६, २०७७

    काठमाडौं :  नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।  

    कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका  ६० वर्षीय पुरुषको  मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

    उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ। उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए।

    उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति ११ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]