स्थानीय निर्वाचन-२०७९

प्रदेश २ को तीन जिल्लामा थपिए १९ संक्रमित, पर्साका मात्र आठजना

जेठ २६, २०७७

    पर्सा : भारतबाट आई विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    नारायणी हस्पतालमा आइतबारदेखि सोमबार बिहानसम्म गरिएको ३५७ जनाको पिसिआर पीक्षणमा पर्सा, बारा र रौतहटका गरी १९ जनामा रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालले जनाएको छ। 

    संक्रमितमध्ये आठजना पर्साका रहेको नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए। आठैजना जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन्।

    रोजगारीका लागि भारतको केराला, लुधियानालगायतका गएका उनीहरु १५ दिनअघि मात्र नेपाल फर्किएर जगरनाथपुरको सन्ठी क्वारेन्टाइनमा बस्दै आएका थिए। संक्रमितहरु २० देखि ५५ वर्ष उमेर समूहका सात जना पुरुष र एक महिला रहेको डा. सिंहले बताए।

    संक्रमण पुष्टि भएकालाई एम्बुलेन्समार्फत वीरगञ्जमा रहेको कोभिड अस्पताल गण्डकमा ल्याउन सुरक्षाकर्मी समेत परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]