स्थानीय निर्वाचन-२०७९

सन्धिखर्कका उपमेयरलाई कोरोना संक्रमण

जेठ २६, २०७७

    अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।

    भारतलगायत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए।म नगरपालिकाभन्दा बाहिर गएको छैन, उनले  भने,  ‘क्रमितहरुबाट सरेको हुन सक्छ।’

    तातोपानी र जडिबुटी खाएर घरमै आराम गर्ने भन्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। ‘कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ,’ उनले थपे, ‘यसलाई सामान्य रुघाखोकीका रुपमा लिएको छु।’ 

    आत्मबल बलियो बनाएको र छिट्टै निको भएर जनताको सेवामा फर्किने बाचा पनि गरेका छन्। उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत हुन्। भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ। 

    अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]