स्वास्थ्य

बैतडीका ७ स्वास्थ्यचौकी १५ शैय्याका बन्‍ने

जेठ २६, २०७७

    बैतडी : बैतडीका  सात  स्वास्थ्यचौकीको स्तरोन्नति हुने भएको छ। संघीय सरकारले लिएको नीतिअनुरुप ती स्वास्थ्य संस्था १५ शैय्यामा विकास हुने भएका हुन्।

    अगामी आर्थिक वर्षदेखि भवन निर्माण सुरु हुने गरी बजेटसमेत विनियोजन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। प्रमुख भट्टका अनुसार सिगास गाउँपालिकामा रहेका गाँजरी स्वास्थ्य चौकी, पुर्चौडी नगरपालिकामा रहेको न्वादेव स्वास्थ्य चौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौकी स्तरोन्नती हुने भएका हुन् ।

    यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकीलाई पनि १५ शैय्यामा स्तारोन्नति गरिने भएको छ।  

    यसअघि नै १५ शय्याको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिए पनि आगामी आर्थिक वर्षको बजेटमा समेत समावेश गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

    राष्ट्रिय स्वास्थ्य नीति पारित भइसकेकाले जग्गा उपलब्ध हुने स्वास्थ्य संस्थालाई स्तारोन्नति गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्यसेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । त्यसैगरी, बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४सै घण्टा आकस्मिक सेवालगायत उपलब्ध हुनेछन् ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]