काभ्रेपलाञ्चोक

  • वडाध्यक्षले बाँडे आफ्नो सेवासुविधाबाट भित्ते घडी र न्यानो कपडा

    काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–४ का वडाध्यक्ष निशान मोक्तानले आफूले पाएको सेवा सुविधाबापत प्राप्त रकमबाट भित्ते घडी र न्यानो कपडा बाँडेका छन्। वडाध्यक्ष मोक्तानले एक कार्यक्रमबिच तीन विद्यालयलाई भित्ते घडी र ११ जना अनाथ बालबालिकालाई न्यानो कपडा बाँडेका...

  • ल्होछारमा तीन दिन बिदा

    काभ्रे : खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउ...

  • सोनाम ल्होछारमा खानीखोलाको तीन दिन बिदा दिने तयारी

    काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८५९ औँ ल्होछार तीन दिन बिदा दिएर भव्यताका साथ मनाउने तयारी गरेको छ। गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा बसेको बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ताम्बा र ह्वा...

  • काभ्रेको नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

    काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु भएको छ। नगरपालिकाको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८५ लाख रुपैयाँबाट शीत भण्डार निमार्ण थलिएको हो। नगर प्रमुख कुन्साङ लामाल...

  • बालविवाहबारे जनचेतना जगाउन सडक नाटक ‘जुनकिरी’, तस्वीरहरू

    काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ। बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गापाको सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतना जगाउन उक्त नाट...

  • काभ्रेमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते, तीनको अवस्था गम्भीर

    काभ्रे : काभ्रेको विकट महाभारत गाउँपालिका-७ स्थित उदाउनेमा बुधबार राति बस पल्टिँदा चालक र साहुसहित २५ जना घाइते भएका छन्। बनेपाबाट गोकुलेधापतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस महाभारतस्थित सिन्धुली-हेटौडा सडकखण्डमा दुर्घटना हुँदा २५ जना घाइते भएका ह...

  • काभ्रेपलाञ्चोकमा फैलिएको रेबिज नियन्त्रणमा

    काभ्रेलाञ्चोक : जिल्लामा केही समयदेखि पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा खोप लगाएपछि रेबिज नियन्त्रणमा आएको हो।   गत मंसिर पहिलो सातादेख...

  • आमा र दुई दाजुसहित ८ जना आफन्त गुमाएकी हिरामायाको छटपटी, आइसियुबाहिर भाइलाई कुर्दै

    काभ्रे :  जिल्लाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालको आइसियुबाहिर एक महिला गम्भीर घाइते आफन्तको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेकी भेटिन्छन्। गहभरी आँसु लिएर अस्पतालको आइसियुबाहिर कुरिरहेका उनी उपचारत आफन्तको स्वास्थ्यमा सुधार भएको खबर सुन्न व्यग्र प्रतीक्षामा ...

  • भैँसीपालनबाट मासिक एक लाखभन्दा बढी कमाउँदै कुमार

    बनेपा : देशमा रोजगारी नभएको भन्दै युवाहरू वैदेशिक रोजगारीका लागि मेनपावर धाइरहेको देखिन्छ। दिनहुँ सयौँको संख्यामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका लागि जानेहरूको दृश्य सामान्य हुन थालेको छ। अझै युवाहरू विदेशिने तरखरमा छन् भने कतिपय कोरिया,...

  • कम्युनिष्ट व्यवस्था नआएसम्म भाषा, धर्म र संस्कृतिको संरक्षण असम्भव : पूर्वमन्त्री दोङ

    बनेपा : पूर्व ऊर्जा राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले मुलुकमा कम्युनिष्ट व्यवस्था नआएसम्म सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण नहुने दाबी गरेका छन्। मंगलवार काभ्रेको महाभारत गापा–१ स्थित गोकुले माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव...

  • बिजुली बाल्न पाउने आशमा काभ्रेको ‘कर्णाली’का बासिन्दा

    काभ्रे : काभ्रेको ‘कर्णाली’ का रूपमा परिचित विकट महाभारत र खानीखोला गाउँपालिकाका सर्वसाधारणमा बिजुली बत्ती बाल्न पाउने आशा बढेको छ। केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कामले तीव्रता पाएसँगै दुई गाउँपालिकाका नागरिकमा बिजुली बत्तीको उज्यालोमा बस्न पाउन...

  • उजुरी परेको चार वर्षमा गाउँपालिका अध्यक्षलाई भ्रष्टाचार मुद्दा

    काभ्रे : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको चार वर्षपछि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलामसिं लामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेलगायत सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  आयोगले नदीजन्य पदार्थ...

  • पढाइसँगै अतिरिक्त क्षमता बढाउँदै जनहितका विद्यार्थी (फोटो फिचर)

    काभ्रे :  सामान्यतय विद्यालयका जाने विद्यार्थीहरूले के गर्छन् भनेर प्रश्न गर्दा सबैको साझा जवाफ हुने गर्छ कि विद्यालयमा विद्यार्थीले पढ्ने र सिक्नुका साथै विद्यालयका गुरुले दिएका गृहकार्य गर्छन् ।  हामीले झट्ट सम्झिँदा र बुझ्दा मानसपटलमा त्यही कुराको चि...

  • केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित

    धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्। दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान त...

  • काभ्रे दुर्घटना : सबै मृतकको पहिचान खुल्यो, आफन्तले शव बुझे

    काभ्रे : काभ्रेको बेथानचोक बस दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ। काभ्रेको बनेपा नगरपालिका–११ बाट जिल्लाकै बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा ब्रतबन्ध (छेवार)मा पुगेर फर्किने क्रममा आइतबार राति बेथानचोक–४ चलालगणेश स्थानमा बस दुर्घटनाका १७ जन...

  • काभ्रे बस दुर्घटना : मृतक १४ जनाको पहिचान खुल्यो

    काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १४ जनाको सनाखत भएको छ।  बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका...

  • काभ्रे बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु‚ २२ जना घाइते

    काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानक...

  • काभ्रेमा बस दुर्घटना‚ १७ जनाको मृत्यु

    काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किंदै गरेको बस सोही गाउँपालिकाको वडा नम्बर ४ चलालमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले दुर्घटनामा १७...

  • लैङ्गिक हिंसाबारे नेताहरू बोल्दैनन् : अनुराधा कोइराला

    काभ्रे : बागमती प्रदेशकी पूर्वप्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा भएको बताउँदै नेताहरू यसबारे मौन रहेको बताएकी छिन्। शुक्रबार धुलिखेलस्थित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला सम...

  • लैङ्गिक हिंसाबारे नेता बोल्दैनन् : अनुराधा कोइराला

    काभ्रे : बागमती प्रदेशकी पूर्वप्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा रहेको बताएकी छिन्। शुक्रबार धुलिखेलस्थित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी महासंघ ने...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]