रित्तिँदै म्याग्दीका घुम्ती गोठ
म्याग्दी : शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दाह्री फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन्। उमेरले बुढ्यौली लागेर न्यानो ...