हेटौँडा : हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगसम्बन्धी उपकरण अलपत्र परेका छन्। अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलाग...
झापा : भद्रपुर नगरपालिका-६ का कैलाश सरियाले मेची अञ्चल अस्पताललाई १० थान अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराएका छन्। उनी अहिले काठमाडौं बसोबास गर्दै आएका छन्।
आइतबार उनका आमा भिकीदेवी र भाइ हुलासचन्द्र सरियाले अक्सिजन सिलिन्डर अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई हस्तान्तरण गरेका थिए। दोस्रो लहरको कोरोना भाइरसको संक्रमण कारण झापामा संक्रमितको संख्या बढ्दो र अस्पतालमा आवश्यकताभन्दा कम अक्सिजन सिलिन्डर भएकाले सरियाले काठमाडौंबाट १० थान सिलिन्डर पठाएको स्थानीय सुवोध कोठारीले जानकारी दिए।
मेचीको कोभिड उपचार केन्द्रमा हाल ७५ जना संक्रमित उपचाररत रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।