काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्...
जनकपुरधाम : प्रदेश २ को जनकपुरधामबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण विराटनगरमा अवतरण भएको छ।
प्रदेश २ का प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार जनकपुरधामबाट आइतबार साँझ ४ बजे काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण विराटनगरमा अवतरण भएको थियो।
आइतबार काठमाडौंलगायत प्रदेश २ का विभिन्न जिल्लाको मौसम खराबी भएको थियो।
ठूलो वर्षा र हावाहुरी तथा असिना परेका कारण मौसम खराबी भएको थियो।
प्रदेश २ का बारा र पर्सामा हावा हुरीका कारण २७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। घाइतेको संख्या ४५० भन्दा बढी पुगेको र मृतकको संख्या बढ्नसक्ने प्रहरीको आँकलन छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।