|

काठमाडौं :  हावाहुरीले घरको पर्खाल भत्किएर र गाडी दुर्घटना भएर पर्सामा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार आइतबार साँझ आएको हावाहुरीले दुई महिला र एक षुरुषको मृत्यु भएको छ। मृतकमा सवारी दुर्घटनामा परेर सरोज राम र घरको पर्खाल भत्किएर रुमी देवी र अन्दाजी १२ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका हवल्दार डबल रावलले टेलिफोनमा जानकारी दिए।

हावाहुरीका कारण २५० भन्दा बढी घइते भएको रावलले जानकारी दिए। घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र स्थानीय स्वास्थ्यचौकी तथा नीजि क्लीनिकहरूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.