|
प्रधानमन्त्री ओली, फाइल फोटो

काठमाडौं : प्रदेश २ का बारा र पर्सा जिल्लामा तीव्र गतिको हुरीबाट मृत्यु भएकाहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन।

प्रधानमन्त्री ओलीले आइतबार साँझ दुई जिल्लामा आएको हुरीमा परेर ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गरेका हुन। उनले मृतकका परिवारलाई समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन।

सामाजिक संजाल ट्विटर मार्फत प्रधानमन्त्रीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएको जानकारीमा आएको र उद्दारका लागि सुरक्षाकर्मी खटाइसकिएको उल्लेख गरेका छन। उनले लेखेका छन, ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको छ।’

थप समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.