|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ। बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो।

अस्पताल परिसर भित्र कोभिड-१९ फैलिरहेकाले यस्तो कदम चालिएको हो। अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्ण रुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले जारी गरिएको सूचनामा भनिएको छ, 'प्रतिष्ठान परिसरमा संक्रमण फैलिएको र अझ बढी फैलन नदिन तथा रोकथाम नियन्त्रणका लागि ओपिडी सेवा बन्द गरिएको छ। अर्को सूचना जारी नहुन्जेलसम्म बन्द गरिएको जानकारी गराइन्छ।'

प्रतिष्ठानका प्रवक्ताका डा. दिनेश सापकोटाका अनुसार २ जना विद्यार्थी, ३ चिकित्सक र चिकित्सकको परिवार सहित ११ जनामा कोरोना पोजिटिभ देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.