भारतबाट आएका संक्रमित भए छुट्टै गाडी प्रयोग गरी होम आइसोलेसनमा राखिने

|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसीसमक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरेको छ।

छिमेकी मुलुक भारत, बेलायत तथा जर्मनी र फ्रान्समा कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई प्रस्ताव गरेको हो। 

पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ। सिसिएमसीले तराईका जिल्लाका नेपाल–भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी कडाइ गरी स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने जनाएको छ।

भारतबाट आएका नागरिकमा कोभिड देखिएमा छुट्टै सवारीसाधनको प्रयोग गरी होम आइसोलेसनमा पुर्‍याउनलाई पनि निर्देशन दिएको छ। स्थानीय तहले होम आइसोलेसनको निगरानी गर्ने भएको छ।

बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.