|
सांकेतिक तस्वीर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने औषधिहरु प्रयोग नै नगरी थन्क्याएर म्याद गुज्रने गरेको पाइएको छ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले ५ करोड ४२ लाख ५३ हजार रुपैयाँमा खरिद गरेका ५७ प्रकारका औषधि  प्रयोग नै नगरी थन्क्याएर म्याद गुज्रिएको (date expired) बताएको छ।

उक्त प्रतिवेदनमा भनिएको छ‚ ‘यो वर्ष रू.६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्रीको म्याद समाप्त भएकोमा तीमध्ये विभागले खरिद गरेका रू.५ करोड ४२ लाख ५३ हजार र अनुदानबाट प्राप्त भएको रू.१ करोड ९ लाख ४९ हजारको रहेको छ।‘

यसरी म्याद गुज्रिएका औषधिमध्ये कतिपय औषधि कोभिड-१९ को समयमा खरिद गरेका समेत रहेका छन्। खरिद गरिएका औषधि म्याद सकिनुअगावै आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरेको र उपयोगसमेत नगरी म्याद समाप्त भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.