|

काठमाडौं : कोरोना संक्रमित पूर्वरानी कोमल शाह यतिखेर नर्भिक अस्पतालको आइसीयूमा उपचाररत छिन्‌।

​शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। शाहलाई हाइ फ्लो अक्सिजन सपोर्टमा राखिएको छ।

पूर्वरानीलाई कोमललाई दिएको हाइ फ्लो अक्सिजन कस्तो हो भनी जिज्ञासा राख्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले भने, 'हाइ फ्लो अक्सिजन सिलिन्डरबाट नभइ अन्य सानो मेसिनबाट दिने गरिन्छ, यसले न्यानो बनाइ श्वासप्रश्वासमा सहज बनाउने काम गर्छ।'

उनका अनुसार बिरामीको अवस्था हेरेर एक मिनेटमा ६० लिटरसम्म अक्सिजन दिइन्छ। सामान्यतयाः यसलाई अक्सिजन थेरापी भन्ने गरिन्छ। ​आइसीयूमा भएका बिरामीको रगतमा अक्सिजन कमी भएपछि हाइ फ्लो अक्सिजन दिनुपर्ने उनले जानकारी दिए।

'बिरामीको अवस्था हेरेर र अवस्था क्रिटिकल भएपछि दिइन्छ, श्वासप्रश्वास दर कम भएपछि दिने गरिन्छ,' उनले भने, 'नाक र मुख दुवै छोपेर दिइन्छ, अक्सिजनको प्रेसर बढेपछि बिरामीलाई केही सजिलो हुन्छ।'

कोरोना संक्रमण भएकाहरूको शरीरमा अक्सिजनको कमी हुन्छ। कोरोनाको पछिल्ला भेरियन्ट संक्रमण भएकाहरूमा यो समस्या झनै बढिरहेको छ। भारतमा त अक्सिजनको हाहाकार नै मच्चिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.