|

जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आठवटा भेन्टिलेटर जडान सुरु गरिएको छ। कोभिड–१९ को महामारीको दोस्रो लहरमा कोरोना संक्रमितको तीव्र रुपमा बढेसँगै उनीहरुको उपचारका लागि भेन्टिलेटर जडान सुरु गरिएको हो।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शुक्रबारदेखि आठवटा नयाँ भेन्टिलेटर जडान सुरु गरिएको बताए। उनले प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयले भेन्टिलटर खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको जानकारी दिए।

यसअघि प्रादेशिक अस्पतालमा रहेका सबै भेन्टिलेटर बिग्रिएका थिए। भेन्टिलेटर बिग्रिएकाले कोरोना संक्रमितलगायत अन्य बिरामीलाई उपचारमा समस्या भएर अनयन्त्र रेफर गर्नुपर्ने बाध्यता थियो। नयाँ भेन्टिलेटर जडानपछि बिरामीका लागि ठूलो राहत हुने डा. यादवले विश्वास व्यक्त गरे।

प्रदेश सरकारले प्रादेशिक अस्पतालमा केही महिनाअघि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो। यद्यपि, सेवा सुविधा र उपकरणको राम्रो नभएको भन्दै आलोचना हुँदै आएको थियो। प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पतालको रुपमा प्रादेशिक अस्पतालमा जनशक्ति तथा साधन स्रोत अझै थप्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.