|

टर्कीलाई युरोपियन युनियन (ईयू) मा समावेश गर्न गरिएको पहल टर्कीले मृत्युदण्डसम्बन्धी सजायको प्रावधानलाई पुनः अभ्यासमा ल्याएमा अन्त्य हुने जर्मन सरकारका प्रवक्ता स्टेफेन सेवर्टले सोमबार बर्लिनमा बताए। 

जर्मनी र ईयूको प्रष्ट अडान आधारभूत रुपमा नै मृत्युदण्डलाई अस्वीकार गर्ने रहेको बताउँदै उनले कुनै पनि मृत्युदण्ड दिने कानुनलाई स्वीकार गर्ने राष्ट्र ईयू सदस्य राष्ट्रको समूहमा प्रवेश नपाउने जनाएका छन्। 

उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टर्कीबाट सन् २००२ मा ईयूको सदस्यता लिने प्रयासमा अन्त्य गरिएको मृत्युदण्डको प्रावधानमाथि विचार गरिनसक्ने भनी आएको अभिव्यक्तिले ईयूको ध्यानाकर्षण गरेको उनले बताए। 

शुक्रबारको असफल सैनिक विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानले सन् २००२ मा हटाइएको मृत्युदण्डको सजायलाई पुनः स्थापित गरिने संभावना व्यक्त गरेका थिए। 

टर्कीले असफल कू मा संलग्न भएकालाई कडा सजाय दिइने बताइसकेको छ। 

टर्की सरकारले सैनिक विद्रोह प्रयासमा सघाएको आरोपमा उच्च पदस्थ सैनिक अधिकारी, न्यायाधीश लगायतका करिब तीन हजार मानिसलाई पक्राउ गरी हिरासतमा राखेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.