|

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। नव नियुक्त आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द कलौनीले सपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु नेपाली र शर्मालाई आइतबार बेलुकी मन्त्री नियुक्तका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।

शाहीले तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई पदबाट राजीनामा दिन लगाएर वैशाख २९ गते माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए।

नयाँ मन्त्रीमा नियुक्त भएका विन्दमान विष्ट, सिताकुमारी नेपाली र गोपाल शर्मालाई सपथ ग्रहण नगराई बर्खास्त गरिएको थियो। नेपाली कांग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्री शाहीले समीकरण मिलाउन तीनै मन्त्रीलाई बर्खास्त गर्नु परेको थियो।

मुख्यमन्त्री शाहीले जलस्रोत तथा उर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफैले राखेका छन्। 

याे पनि

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.