|

भारतीय योगगुरु रामदेवले आफू आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतीको विरोधी नभएको बताएका छन्। 

रामदेवले पटक–पटक आधुनिक चिकित्सा पद्धतिमाथि अनावश्यक ढंगले प्रश्न उठाउने र होच्याउने काम गर्दै आएका थिए।

स्वास्थ्यमन्त्रीले पठाएको पत्रमा कोरोना महामारीविरुद्ध लडिरहेका योद्धाहरूको अपमान गर्दै रामदेवले देशको भावनामा गहिरो ठेस पुर्‍याएकोले आपत्तिजनक वक्तव्य फिर्ता लिन लेखिएको थियो। 

त्यसपछि रामदेवले आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतिमाथि गरेको कटाक्षप्रति स्वयंले खेद प्रकट गरेका बीबीसी हिन्दीमा खबर छ।

सामाजिक सञ्जालमा रामदेवले आफैंमाथि खेद प्रकट गरेको पत्र सार्वजनिक गरेका छन्। सो पत्रमा उनले लेखेका छन्, 'यस्ता विवादलाई खेदपूर्वक विश्राम दिँदै म आफ्नो वक्तव्य फिर्ता लिन्छु।'

रामदेवले आफ्नो कम्पनीबाट उत्पादित सामानलाई अरूको भन्दा राम्रो, स्वस्थ र प्रांगारिक भएको दाबी गर्छन्। तर, पतञ्जलीकै उत्पादनमा गुणस्तर विवाद हुने गरेको छ।

सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट रहेका रामदेव पछिल्लो समय असहिष्णुता, आर्थिक आसक्ति तथा आफ्नो व्यापारिक स्वार्थका लागि दिनेगरेको असहिष्णु अभिव्यक्तिका कारण विवादमा परिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.