|

बाँकेको भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको हातपातमा संलग्नमाथि कडा कारबाही गर्न भेरी अस्पताल विकास समितिले माग गरेको छ।

समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतझैं उच्च मनोबलका साथ आआफनो जिम्मेवारीमा फर्कन अपिलसमेत गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, सदस्य धनीराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रबार विज्ञप्ति जारी गरी कानुनी करबाहीका लागि प्रक्रिया अघि बढिसकेको हुँदा हालको विषय परिस्थितिलाई मध्यनजर गर्दै जिम्मेवारीमा फर्किन सम्पूर्ण स्वास्थ्यकर्मीसँग अपिल गरेका हुन्।

दोषी उपर कारबाही प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएमा कर्मचारीहरुको तर्फबाट चालिने सबै किसिमका आन्दोलनका कार्यक्रममा समितिको साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

अस्पतालमा उपचारका लागि आएका १ जना बिरामीको निधन भएपछि बिहीबार राति ड्युटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो। घटनामा संलग्न दाङका नेकपा एमालेका कार्यकर्ता मानबहादुर रावतसहित ३ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.