|

काठमाडौं : प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारलाई कोरोना महामारीको बेला सञ्चारमाध्यमबाट ननिकाल्न आग्रह गरेको छ। शुक्रबार काउन्सिलले प्रेस विज्ञप्ति जारी गरि सञ्चारमाध्यमलाई यस्तो आग्रह गरेको हो।

केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निकालेको र पारिश्रमिक नदिएको भनी काउन्सिलमा उजुरी परेपछि काउन्सिलले यस्ताे आग्रह गरेकाे हाे। ‘महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका संचालक र लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन २०५१ अनुसार पत्रकारलाई तलब नदिएको पाइएको छ,’जारी विज्ञप्तिमा भनिएको छ,‘कामबाट बञ्चित गराउने र सेवाबाटै हटाउने गरेको पाइएको छ, यी र यस्तै विषयमा प्रेस काउन्सिल नेपालमा बारम्बार लिखित तथा मौखिक उजुरी आउने गरेका छन् भने कतिपय श्रमजीवी पत्रकारको समुहले प्रत्यक्ष भेटेर गुनासाे आइरहेकाे छ।’ 

जबरजस्ती पत्रकारहरुलाई निकालेकाे पाइए सञ्चारमाध्यमलाई कानुनी कारबाही गर्ने पनि काउन्सिलले चेतावनी दिएकाे छ। काउन्सिलका अनुसार अहिलेसम्म १९ जना पत्रकारको कोरोना संक्रमणबाट निधन भएको छ। त्यस्तै, नौ सय पत्रकार संक्रमित भएका छन्। दुई सय सक्रिय संक्रमित छन्। अहिले ३० संक्रमित अस्पतालमा भर्ना भएका छन् भने, ५ जनालाई भेन्टिलेटर र आइसियूमा राखेर उपचार भइरहेको काउन्सिलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.