|

काठमाडौं :  काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ।  आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन्। आजदेखि खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय  थपिएको छ। आजदेखि विहान ११ बजेसम्म यी पसल खोल्न दिने निर्णय भएको।

यस्तै  अपरान्ह ४ बजेदेखि हार्डवेयर पसल खोल्न पाइने भएको छ। सवारी साधन बनाउने ग्यारेज भने राति ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ। होटल तथा रेष्टुरेण्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको छ।  बैठकले अत्यावश्‍यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्‍ने निर्णय गरेको छ। 

घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्‍नु पर्ने निर्णय गरेको छ। त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्ने भएको छ।

त्यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुन पाइनेछ। विवाह आफ्नो घर वा बसेको स्थानमा गर्न पाइनेछ। विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला र बेहुलीसहित) ब्यानरका आधारमा आवतजावत गर्न पाइनेछ।

उपत्यकामा पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो। संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राति १२ बजेसम्म र त्यसपछि २० गतेबाट जेठ ३१ सम्म थपिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.