|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  माधव नेपाल समूहले प्रधानमन्त्री बनाउन शेरबहादुर देउवालाई गरिएको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिँदैछ। 

गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले असार २१ गते बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिएका थिए। 

ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ। यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ।

एमालेका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्। अब ओलीले एमालेका २३ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने आज साँझ टुंगो लाग्ने छ। 

ओलीको अल्टिमेटम पछि दोस्रो तहका नेताहरु शीर्ष नेतालाई मिलाउने प्रयासमा लागे पनि सफल हुन सकेका छैनन्।  निरन्तर वार्तामा रहेका दोस्रो तहका नेता घनश्याम भुसालले माधव नेपाललाई भेटेर प्रधानमन्त्री ओली एवं अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गराएका थिए। तर ओलीले पहिले हस्ताक्षर फिर्ता गर्न र संयुक्त विज्ञप्ती निकाल्न भनेपछि कुरा मिलेन।

त्यस्तै संस्थापन पक्षका नेताहरु उपमहासचिव विष्णु पौडेल, सुवास नेम्बाङ लगायतका नेताहरुले हिजो (आइतबार) माधव कुमार नेपाललाई भेटेरै समस्या समाधान गर्न आग्रह गरेका थिए। तर नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडान लिएका थिए।

अध्यक्ष ओलीले गएराति नै उपाध्यक्ष भीम रावललाई बालुवाटार बोलाएर वार्ता गरेपनि कुरा मिल्न सकेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.